उसको झुटले हाम्रो कथा अधुरो बनायो🥺माया थियो… तर भाग्यमा साथ रहेन 💫
ADVERTISEMENT
Comments 100
maria_evans:
झुठ नबोलेको भए हुन्थियो ।तर बिबाह गरेर सम्बन्ध बिग्रेर अलग बसेक…
More Like This
35:55
SOBRANG FEEL AT HOME KAMI DITO PERO NEED NA UMALIS! DRIVING BACK HOME! ❤️ | rhazevlogs
People and blogs
1.7k
0
40:26
Life Update: Closed My Content Studio, New Bed, New Hair! | Life in my 30s
People and blogs
1.9k
0
26:29
#weeklyvlog | Akhani’s first haircut | Spring cleaning | New Camera Unboxing
People and blogs
2.0k
0
40:39
VLOG: Mounjaro Journey😭 Birthday surprise, new perfumes, family out & more Life lately
People and blogs
899
0
24:45
EMOTIONAL - Maha Is Taller Than Me Now - New Washing Machine - Milk Poha - Chestnut Choco Lava Cake
People and blogs
165
0
59:20
a week of life at home 🏡 working out, trip itinerary, date night, hosting!
People and blogs
925
0
13:53
I'm going to lose it
People and blogs
2.1k
0
23:59
The Last Weekend of August | Family Fun + Autumn Shopping! 🍂
People and blogs
1.5k
0
You've reached the end
झुठ नबोलेको भए हुन्थियो ।तर बिबाह गरेर सम्बन्ध बिग्रेर अलग बसेको हुन सक्छ । र प्रहरीमा जगिर गर्ने धनी जमिनदारको छोरा त पक्कै होइन होला उहाको जागिरमा आच आउने काम नगरिदिनु होला । be strong miss
बिचरा यसरी कुरा गर्न खोजिरहेको छ त बसेर सबैकुराको टुङ्गो लगाउनु नि जे जस्तो भएपनी आफूले माया गरेको मान्छे हो अरुले नराम्रो भन्ला के भन्देला चित्त त आफ्नै दुख्छ नि । सानो गल्तीहरुलाई माफ गरेर अगाडि बढ्नु राम्रो हुन्छ sir लाई देखेर कस्तो माया लाग्यो बिचरा लुसुक्क जानुभयो। 😢 तपाइँलाई पनि धेरै माया छ । ❤😭
“तिमी एक्लै गएर एकचोटी राम्रोसँग कुरा गर्दा राम्रो हुन्छ। के थाहा, उहाँले तिमीलाई भन्न नसकेको कुरा पनि हुन सक्छ। सायद त्यही कारणले तिमीहरूबीचको सम्बन्ध बिग्रियो होला, किनकि उहाँलाई डर लागेको हुन सक्छ। तिमी जति धेरै माया गर्ने मान्छे उहाँले फेरि पाउनु पनि नपर्न सक्छ। त्यसैले साथीहरूलाई बीचमा नराखी, एक्लै भेटेर शान्त भएर कुरा गर। साथीहरूले माया त गर्छन् तर कहिलेकाहीँ उनीहरूले तिमीलाई खुलेर बोल्न नै दिँदैनन्। त्यसैले पहिले राम्रोसँग उहाँसँग कुरा गर अनि मात्र अन्तिम निर्णय लिनु।”❤
बसेर सर जी को कुरा बुझि सुनि अगाडी बढ्दा राम्रो होला❤❤
कति माया लाग्यो सरको रुनु भयो जस्तो छ सर ji अनि हजुरको पनि 😢😢❤ एक चोटी भेटेर कुरा गर्नुहोस् न plz sister 🙏🙏
अब म चै फेरि सँगै मिलेको अनि एकसाथ हेर्न मन लाग्यो। त्यो दिनको पर्खाइमा छु। एक अर्कामा सम्जदारी होस्। 😊😊😊❤❤
तिमी यो जुन स्थानमा छौ त्यो स्थानमा उसैको कारण आएको हो यदि तिमीले चाहन्थ्यौ भने त्यो बाटो नरोजन पनि सक्थ्यौ यदि रोजिहाल्यो होइन अब सम्बन्ध भनेको क्लियारिटी चाहिन्छ दुवैजनाले चाहिँ एकाअर्कालाई पारदर्शी तरिकाले जानु पर्छ होइन त्यो अवस्थामा चाहिँ तिमीले अहिले चाहिँ नबोल्ने अनि त्यस पछाडि चाहिँ टाढा हुने होइन उसको फोन उठाउने उससँग अझै के क्लियर थियो कि हुन्छ क्लियरिफाई गर्ने उससँग अझै नै भेट्ने बोल्ने चाहिँ गर्दाखेरि अझै सम्बन्ध पारदर्शी हुन्छ जस्तो लाग्छ मलाई होइन अब मैले भने जस्तै नै सबै हुँदैन होला तर जे होस् उससँग क्लियरिटी चाहिँ हुनु पर्छ त्यो चाहे तिमी सम्बन्धमा बस् चाहे नबस तर मलाई लाग्छ केटाे गलत छैन्
यहाँ जे छ सबै परिवर्तनशील छ, पहिला जस्तो पछि केही रहँदैन न समय न सम्बन्ध न मन न माया न रूप न उमेर !😢
मलाई त कस्तो आफैंलाई परेको जस्तै हुन्छ यस्तो देखेर सायद जिन्दगीमा आफूले यो भन्दा नराम्रो दिनहरु भोगेर होला। 😭😭 म त रुँदैछु छ्या किन होला।💔💔
मलाइ सब थाहा छ उस्को बुडि नेपाली आर्मी हो एउटा छोरी छ एउटा कुरा सते बोलेको छ उस्को बाउ छैन आमा त छ कि तर भएको र न भएको एउटाै हो एति रियाल कुरा बुज्न र बुज्नु चाहानु हुन्छ पर्सनल मा आउनु
खासमा गल्ती कसको हो नबुझेको कुरा ? ट्राफिक सरले ढाट्नु भयो भन्ने कुरा छ, नढाटी भन्नुपथ्र्याे, त्यो वहाँको गल्ती हो । तर, एउटा ड्युटीमा आफ्नो काम गरिरहेको मान्छेलाई बारम्बार, दिनैपिच्छे भेट्न जाने, मिठो बोल्ने, माया देखाउने, आत्मियता दर्साउने गर्नु चै मिस को पनि गल्ती हो नि । करिब १ महिनाजतिको छोटो अन्तरालमा यति नजिकिनु पनि गलत हो । अब श्रीमती छ छैन त्यो भोेलीको दिनले देखाउँछ । तर, आज मिस ले सरलाई एक्कासी बेवास्ता गर्दा वहाँमा हुने मानसिक पीडा अनि जागिरको टेन्सन अथवा कुनै नराम्रो घटना भयो भने कसले जिम्मा लिने ?
मिस भेनम😢 यदि सरको सम्बन्ध बिच्छेद भको हो भने माफ गर्दिनु सरलाई कस्तो दुई तै जनाको माया लाग्यो 😢😢
Sister एक पल्ट sir जीसँग राम्रोसँग कुराकानी गर्नुहोला सबै कुराहरू फोटोमा देखाए जस्तो हुँदैन। लास्टै दुखित बनायो यो भिडियो हेरेर😥😥
miss venom तपाईको भिदियो हेरेर सधै खुसी हुने म। आजको भिदियोले मन रोइरहेको छ। सर जि साच्चै पहिले बिहाबन्धनमा बाधिनु भएको भए यत्तिको क्यामरा पर्दा अगाडी सम्म त आउनु नपर्ने हो। अनि अर्को कुरा यति धेरै ignore नगर्नुस अहिले आएर उहालाई।कुनै तपाईले नै मन पराएको मान्छे हो उहाँ।कुनै दिन मनको Top list मा बसेको मान्छे अहिले Block list मा राखेको छु भनेर सुन्दा अचम्म लाग्यो। एक चोती भेटेर कुरा गर्नुस खास कुरा के हो। पाउनु मात्र माया हैन नि sister टाढा बसेर उ खुसी भएको देख्न पाउनु नि माया😭🙏
एक चोटी वास्तविक कुरा क्लियर हुनु पर्छ उसको नि केही प्रोब्लम हुन् सक्छ अरु को कुरा मा आएर यसरी बोल्न छोड्न हुँदैन
अरूको विश्वास नगर्नु, सत्य तथ्य पत्ता लगाउनु आफै यदि साँच्चै तपाईंले उहाँलाई चाहेकै हो भने, नत्र जीन्दगीमा चोट लाग्छ, चोटबिना अगाडि बढ्दैन कोहि
कैले कै संका ले लंका जलौछा १ बसेरा कुरा गार्नु👍
एक चोति भेतेर कुरा गर्नु फोतो र अरुले भनेको कुराको बिस्वास नगर्नु
उसको बुढी भाको भय त्यसरी कन्भेन्स गर्न आउदैन थियो बुढी को डर भैहाल्छनी बिहे गरिसकेको हो भने पक्का डिभोस भाको हो उसलाइ भन्न मन नलागेको मात्र हो बुज्नी कोसिस गर उस्लाइ त्यस्तो केटा नपाइन सक्छ अन्त
अहिले सम्म यत्रो मेहनत त्याग गर्नु भयो जे सुन्नु भयो देख्नु भयो त्यो हुन पनि सक्छ नहुन पनि सक्छ तर बिचार गर्नुस एक पटक भेट्नुस सकिन्छ भने सर जि को family बाट सोध्ने काम गर्नुस l कि त आफ्नो श्रीमति सङ्ग राम्रो सम्बन्ध नभएको हुन सक्छ नत्र सर जि पनि पर्दा अगाडि आएकै छ so यति त्याग गरेर यतिकै झुट भनेर मन रुवाउनु भन्दा भेटेर पक्का पक्कि गर्नुहोस l सबै केटा गलत हुदैनन सबै केटि गलत हुदैनन l